मिर्चैयामा महिलालाई आत्मनिर्भर बनाउन व्युटिसियन तालिम सम्मपन्न

२०८१ जेष्ठ २८, सोमबार २३:५९

मिर्चैया नगरपालिका वडा नं.१ले महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले व्यटिसियन तालिम प्रदान गरेको छ ।सीप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले मिर्चैया नगरपालिका वडा नं.१ ले ३५ दिने आधारभूत व्युटिसियन तालिम प्रदान गरेको हो ।

संचालित तालिममा ३५ जनाको महिलाको सहभागिता थियो । लक्ष्मी महतो स्मृति सेवा केन्द्र र मिर्चैया नगरपालिका वडा नं.१ को सहयोगमा संचालित तालिममा सम्झाना चौधरी र शोभा महतोले प्रशिक्षण दिनुभएको मिर्चैया नगरपालिकाका वडा सचिव राजगिर यादवले बताए ।
तालिममा सहभागीहरुलाई वडा कार्यालयले प्रमाणपत्र वितरण गरिएको छ । सो अवसारमा मिर्चैया नगरपालिकाका वडा अध्यक्ष रुपेश कुमार महतोले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सके आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो । वडाले धेरै युवायुवतीलाई सीपमूलक तालिम प्रदान गरेको जानकारी गराउँदै वडा अध्यक्ष रुपेश कुमार महतोले बेरोजगार जनशक्तिलाई उत्पादनसँग जोड्ने नीती लिइएको बताउनुभयो ।

 

 



ताजा खबर