कुशल र दीपेन्द्रको अर्धशतकीय साझेदारी तोडे बंगलादेशका रहमानले

२०८१ असार ४, सोमबार ०८:३५

आइसीसी टी–२० विश्वकपअन्तर्गत बंगलादेशसँग खेलिरहेको नेपालले छैटौ विकेट गुमाएको छ।

नेपालका लागि कुशल मल्ल २७ रन जोड्दै क्याच आउट हुन पुगे। नेपाल अहिले १६.४ ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमा खेलिरहेको छ।

यस अगाडि टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ७ रनको लक्ष्य दिएको छ।

यस अगाडि पहिलो विकेटका रुपमा नेपालका लागि ओपनर कुशल भुर्तेललाई ४ रन जोड्दा दोश्रो विकेटका लागि अनिश शाह शून्य रनमा क्याच आउट भए।

यस्तै, तेश्रो विकेटका लागि कप्तान रोहित पौडेल १ रन जोड्दै क्याच आउट हुँदा चौथो विकेटका रुपमा ओपनर आशिफ शेखपनि १७ रनमा क्याच आउट भए। पाँचौ विकेटका रुपमा सन्दीप जोरा १ रन जोड्दै क्याच आउट भए।



ताजा खबर