सर्लाहीको बरहथवामा नेपाल टेलीकमका कर्मचारी समेत रहेका एकैपरिवारका करेन्ट लागेर दाइको मृत्यु भएको छ्भने भाइ घाइते भएको छ ।
बिहीवार बिहान बरहथवा न.पा. ५ स्थित नेपाल टेलिकमको कार्यालयमा ज्याला मजदुर काम गर्ने बरहथबा न.पा. १० बस्ने राम नारायण ठाकुरको छोरा अं. वर्ष २१ को आबोध ठाकुर र निजको भाई अं. वर्ष १९ को आनन्द ठाकुरले नेपाल टेलिकम अफिसको काम गर्ने क्रममा करेन्ट लागी घाईते भई एडभान्स संजिबनी अस्पताल बरहथवा सर्लाहीमा ल्याई उपचार भईरहेको छ भन्ने खवर प्राप्त हुनासाथ इ.प्र.का. बरहथवाबाट प्रहरी टोली खटि गई बुझ्दा आबोध ठाकुरको अबस्था गम्भिर सामान्य उपचार पश्चात थप उपचारको लागी सरस्वती अस्पतालमा हरिवनमा पुगी १२;०० बजे चिकित्सकले चेकजाँच गर्दा आबोध ठाकुरको मृत घोषणा गरेको,शव सोही अस्पतालमा रहेको, आनन्द ठाकुरको एडभान्स संजिबनी अस्पताल बरहथवामा उपचार भई रहेको अवस्था सामान्य, सो सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
करेन्ट लागेर दाईको मृत्यु ,भाइ घाईते
२०८१ असार ६, बिहीबार २२:१२
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer