महिलहरुको लागि क्षमता विकास तालिम मलंगवामा सम्पन्न

२०८१ असार ८, शनिबार २२:१४

मलंगवा नगरपालिकाको आयोजनामा महिला सशक्तीकरण अन्तर्गत महिलहरुको लागि क्षमता विकास उदघाेषन तालिम सदरमुकाम मलंगवामा शनिबार सम्पन्न भएको छ ।


मलंगवा नगरपालिका उप प्रमुख सकुन्तला देवी साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल महिला बालबालिका तथा उत्पीडित समाज उत्थान विकास केन्द्र मलंगवा १० सर्लाही कि अध्यक्ष सुकुमारी देवी ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष चन्देश्वर राय, सूचना अधिकारी राजकुमार अधिकारी, मलंगवा वडा ९, कार्यालय सहायक निर्मला चौधरी, वडा १०,कम्प्युटर अपरेटर सदाम हुसैन सहभागी थिए ।
कार्यक्रममा महिलहरुको लागि क्षमता विकासको बारेमा उपप्रमुख सकुन्तला देवी साह,वडा अध्यक्ष चन्देश्वर रायले सहभागी महिलाहरुलाई कार्यक्रमको उदेश्य बारे प्रष्ट पार्नु भयो ।
मलंगवा नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको संचालन कृष्णा सिंहले संचालन गरेको थियो ।



ताजा खबर