कृषिमा आधारित उद्योग स्थापनाको लागि मुख्यमन्त्री सिंह र जर्मनका सेरिलमेजबीच छलफल

२०८१ असार १०, सोमबार १८:५६

कृषिमा आधारित उद्योग स्थापनाको लागि मुख्यमन्त्री सिंह र जर्मनका सेरिलमेजबीच छलफल
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह जर्मन नागरिक आदेश सेरिलमेजसँग भेटघाट गरेका छन् ।

जर्मन नागरिक आदेश सेरिलमेजले प्रदेशमा कृषिमा आधारित उद्योग स्थापनाको लागि मुख्यमन्त्री सिंहसँग भेटघाट गरेका छन् । मधेश प्रदेशमा कृषि उत्पादनको उपयोग र रोजगारको सृजना गर्ने उदेश्यसहित उनले मुख्यमन्त्री सिंहसंग छलफल गरेका छन् ।
नेपालमा रहेको प्लेटा नेपाल नामक कम्पनीको सहकार्यमा जर्मन नागरिक आदेश सेरिलमेजले प्रदेशमा कृषि उद्योग स्थापना गर्न प्रस्ताव राखेका छन् । उनको प्रस्ताव प्रति सकारात्मक भई कार्य अगाडी बढाउन मुख्यमन्त्री सिंहले सेरिलमेजलाई आग्रह गरे । सेरिलमेजले स्थापना गर्न लागेको उद्योगमा मधेशका सयौं युवाहरुले रोजगारी पाउने जानकारी गराए ।

मुख्यमन्त्री सिंहले विभिन्न कार्यक्रममार्फत विदेशी लगानीकर्ताहरुलाई यस प्रदेशमा लगानी गर्न आह्वान गरिरहनु भएको छ । सोही अनुरुप लगानीकर्ताहरु अहिले मुख्यमन्त्री सिंहसँग भेटेर लगानीको वातावरण बनाईदिन र त्यसमा आवश्यक सहयोगका लागि भेटघाट गर्ने गरेका छन् ।

यो उद्योग स्थापनाको लागि यहाँ पाँच सय विगहा जग्गा आवश्यक पर्दछ । सो जग्गा व्यवस्थापनमा पनि समन्वय गरिदिन सेरिलमेजले मुख्यमन्त्रीलाई आग्रह गरे । प्रस्तावित उद्योगमा किसानले फलाएको कच्चा पदार्थलाई उद्योगिकरण गरी विभिन्न सामग्री बनाउने योजना रहेको जनाइएको छ ।सो छलफलमा मधेश प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बसन्त कुशवाहा सहभागि थियो ।



ताजा खबर