सर्लाहीका अधिकांश पालिकाहरुद्वारा गाउँ/नगर सभा सम्पन्न

२०८१ असार १०, सोमबार २३:११

सर्लाहीको हरिपुर्वा नगरपालिकाले २०८१/०८२ को बजेट सोमबार ल्याएको छ । गाउँपालिकाले सोमबार गाउँसभाको आयोजना गरी कुल बजेट ४३ करोड ३१ लाख ४३ हजार रुपैयाँको बजेट ल्याएको हो ।
शिक्षा, स्वास्थ्य, सडक, भौतिक पूर्वाधार, कृषि सहित शुद्ध खानेपानी र सिचाइका बजेटमा समेटिएको नगरपालिका प्रमुख बिनोद कुमार साहले जानकारी दिनुभयो ।


यसैगरी सर्लाहीको पर्सा गाउँपालिकाले २०८१/०८२ को बजेट सोमबार ल्याएको छ । गाउँपालिकाले सोमबार गाउँसभाको आयोजना गरी ३२ करोड ८७ लाख ४३ हजार रुपैयाँको बजेट ल्याएको हो । जसमध्ये चालुतर्फ २१ करोड ५९ लाख ८ हजार तथा पुजिगत तर्फ ११ करोड २८ लाख ३५ हजार रकम छुट्ट्याइएको हो ।
सर्लाहीको विभिन्न पालिकाहरुले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सर्लाहीको कविलासी ,ब्रहम्पुरी ,चन्द्रनगर, लालबन्दी, हरिपुर, हरिवन, ईश्वरपुर, हरिपुर्वा, मलंगवा, गोडैता, पर्सा, रामनगर लगायतको पालिकाहरुले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वाजनिक गरेको छ ।
हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पंजियारको अध्यक्षता कार्यक्रमको आयोजना गरि नगरपालिकाले कुल ६६ करोड ६३ लाख ५६ हजार बराबरको नीति, कार्यक्रम तथा प्रस्तुत गरेको हो ।

नगरपालिकाकै सभाहलमा भएको नगरसभामा संघीय सरकारबाट प्राप्त हुने ५६ करोड ६६ लाख ६३ हजार, प्रदेश सरकारबाट प्राप्त हुने ३ करोड ५९ लाख २८ हजार र अघिल्लो वर्षबाट ल्याइएको ५ करोडसहित कुल ६६ करोड ६३ लाख ५६ हजार बराबरको नीति तथा कार्यक्रम सार्वजिनक गरिएको नगरपालिकाले जनाएको छ ।नगर प्रमुख पंजियारले नगरसभामा प्रस्तुत गरेको नीति, तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी बाटोघाटो र पुलपुलेसा निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

हरिपुर नगरपालिकाले अघिल्लो आर्थिक वर्ष कुल ६३ करोड ५९ लाख ८४ हजार ५३३ रुपैयाँ बराबरको निती तथा कार्यक्रम ल्याएको थियो । यस वर्ष गतवर्षभन्दा तीन करोड तीन लाख ७१ हजारले बढाएर बजेट सार्वजनिक गरिएको छ ।

यसैगरी चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को लागि १४ औं गाउँ सभा मार्फत ५७ करोड, २६ लाख ९ हजार रुपयाको प्रस्तावित वार्षिक बजेट तथा तथा नीति तथा कार्यक्रम सर्वाजनिक गरेको छ ।

त्यस्तै ईश्वरपुर नगरपालिकाको १२ औं नगर सभामा नगर प्रमुख मनोज कुमार आचार्यको अध्यक्षतामा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वाजनिक गरेको छ । ईश्वरपुरमा आर्थिक वर्ष २०८१÷०८२ को प्रस्तावित वार्षिक बजेट रु. ९४ करोड, ४९ लाख, ८३ हजार ५ रुपैया रहेको सूचना प्रविधि अधिकृत शम्भु महतोले जानकारी दिनुुभयो ।असार १० गते भित्रै सम्पूर्ण पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कार्यतालिका अनुसार सर्लाहीका ११ वटा पालिकाले आजै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बागमती नगरपालिकामा भने मेयर र उपमेयर भ्रटाचार मुद्धामा निलम्बन परेका कारण बजेट सार्वजनिक गर्न सकेनन् । उता विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव बिरामी भएरका कारण कार्यक्रम नीति तथा कार्यक्रम सार्वजनिक गर्न नसकेको बुझिएको छ ।



ताजा खबर