रौतहट जिल्लाको गौर चपुर सडक खण्डमा बस दुर्घटना भएको छ । गौर बसपार्क देखि बिरगंज तर्फ जाँदै गरेको ना ७ ख ८४१४ नंबर बस गरुडा नगरपालिका वडा नंबर १ जयनगर स्थित बिरेन्द्र राज मार्गमा आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन्। बस दुर्घटनामा परी माधव नारायण नगरपालिका वडा नंबर ३ भेल्हीका शैलेन्द्र गिरीका १८ बर्षीय छोरी कि मृत्यु भएको प्रहरी नायव उपरीक्षक गिरीले बताईन्।भने दर्जनौं सवार यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो। घटना लगत्तै ईलनका प्रहरी कार्यालय शिवनगरका प्रहरी बरिस्ठ नायव निरीक्षक जितेन्द्र चौधरीको कमाण्डमा ७ जना टोली र ईलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीको कमाण्ड १५ जनाको टोली घटनाबारे थप जानकारी पता लागाई रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताईन्। सोही क्रममा बस चालक फरार रहेको खण्डमा चपुर नगरपालिका वडा नंबर ८ मोतीपुरका ३९ बर्षीय सहदेव चौधरी ईलाका प्रहरी कार्यालय चपुरको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताईन्। भने घाइतेहरुको उपचार ग्राण्डी अस्पताल शिवनगरमा भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।
गौर चपुर सडक खण्डमा बस दुर्घटना चालक प्रहरी नियन्त्रणमा
२०८१ असार १५, शनिबार २०:४०
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer