आईसीसी टी–२० विश्वकपको फाइनलमा ब्याटिङ गरिरहेको भारतले तेस्रो विकेट पनि गुमाएको छ। पाचौँ ओभरको खेल चलिरहँदा भारतका सूर्यकुमार यादव ३ रन बनाएर आउट भएका हुन्।
खेलको दोस्रो ओभरमा कप्तान रोहित शर्मा र विकेट किपर रिसभ पन्त आउट भएका थिए।कप्तान शर्माले ५ बल खेल्दै ९ रन बनाए। तर, पन्तले भने खाता खोल्न सकेनन्।
आईसीसी टी–२० प्रतियोगिताको कुनैपनि फाइनलमा यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन्। विश्वकपमा भारत र दक्षिण अफ्रिका अपराजित टोलीका रुपमा फाइनल खेल्न लागेका हुन्।
भारत सन् २००७ पछि विश्वकपको उपाधि उचाल्न आतुर छ। पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका नयाँ इतिहास रच्न चाहन्छ।