किन बोलाए एमाले अध्यक्ष ओलीले पार्टीका सबैमन्त्रीहरूलाई बालकोट ?

२०८१ असार १७, सोमबार १९:२३

सत्ता समीकरण परिवर्तनको चर्चा भइरहेका बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई आफ्नो निवास बोलाएका छन् । मन्त्रीहरूलाई अध्यक्ष ओलीले बालकोट बोलाएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष ओलीले सोमबार साँझ आफ्नो निवास बालकोट बोलाइएका हुन् । तर किन बोलाएको भन्ने नखुलेको ती मन्त्रीको भनाइ छ । ‘बोलाउनुभएको हो तर किन भनेर थाहा छैन । उतै गएपछि थाहा हुन्छ’, उनको भनाइ छ ।



ताजा खबर