श्रोत नखुलेको ३८ लाख रकमसहित एक जना पक्राउ

२०८१ असार २६, बुधबार १८:४६

श्रोत नखुलेको ३८ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ गणेशटोल बस्‍ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् ।
उनलाई विशेष सूचनाको आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट प्रहरी ३८ लाख रुपैयाँ नगद, एउटा स्कुटी र सामसुङको मोबाइल बरामद गरेको छ ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।



ताजा खबर