रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ। जिल्लाको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एकजना युवकको हत्या भएको हो।
ईशनाथ-९ लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी १८ वर्षीय सहबाज मिया आलमको मंगलबार राति पेटमा धारिलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।
ईशनाथ-२ औरेयास्थित गेट अगाडि आँपको बगैँचामा युवक घाइते अवस्थामा देखेर मंगलबार राति साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमा शंकर गुप्ताको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट औरेयाबाट इन्स्पेक्टर दिलबहादुर महराको कमाण्डमा ७ जनाको संयुक्त टोली ९ बजेर ३८ मिनेटमा घट्ना स्थलमा पुग्दा युवकको मृत्यु भइसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।