शिक्षा क्षेत्रलाई सुधार गर्न कार्ययोजना बनाएर अघि बढ्छौं : मन्त्री भट्टराई

२०८१ श्रावण २, बुधबार २०:४२

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई सुधार गर्न कार्ययोजना बनाएर नै अघि बढ्ने बताएकी छन् ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले निःशुल्क शिक्षा ऐनलाई कार्यान्वयन गर्न आवश्यक खाका बनाउने समेत बताइन् । विद्यालय शिक्षा ऐन बनाउँदा निःशुल्क शिक्षा ऐनको भावलाई पनि समेट्न जरुरी रहेको उनले बताइन् ।

एक महिनाभित्र शिक्षा क्षेत्रको सुधारका लागि खाका तयार पार्ने मन्त्री भट्टराईको भनाइ छ । उनले शिक्षण सिकाइको नतिजा एसईई परीक्षाको नतिजा भएकाले समग्र शिक्षण प्रणालीलाई पुनरावलोकन गर्न जरुरी रहेको धारणा राखिन् ।

बैठकमा विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्ता सांसदहरुसंग छलफल समेत गरिएको थियो । बैठकले समिति अन्तर्गत गठित उपसमितिको कार्यलाई शिघ्र र गतिशिल बनाउने निणर्य गरेको छ ।



ताजा खबर