समिलताल पहरिोमा परेर त्रशिूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ । बहिीबार भरतपुर महानगरपालकिा २६ शशिुवार क्षेत्रमा नारायणी नदीको कनिारमा एक पुरुषको शव फेला परेको चतिवन प्रहरीले जनाएको छ । शवको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जानकारी दएिको छ ।
शव पोष्टमार्टमका लाग िभरतपुर अस्पताल ल्याइएको छ । यससँगै अहलिेसम्म फेला परेको शवको संख्या २० पुगेको छ ।
जसमा १८ पुरुष र २ महलिा रहेका छन् । अहलिेसम्म १४ जनाको सनाखत भएकोमा ४ जना भारतीय नागरकि रहेको जल्लिा प्रशासन कार्यालय चतिवनले जानकारी दएिको छ ।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३-००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको बस गत शुक्रबार बहिानपख भरतपुर महानगरपालकिा-२९ समिलतालको पहरिोले बगाएर त्रशिूली नदीमा बेपत्ता भएका थएि । बसमा ६५ यात्रु रहेकोमा ३ जनाले सकुशल रहेका थएि ।
हालसम्म दुईवटै बस र ४२ यात्रुको अवस्था अज्ञात रहेको छ । त्रशिुलीमा बेपत्ता रहेका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहेपन िअहलिेसम्म फेला पार्न सकएिको छैन ।