नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

२०८१ श्रावण ६, आईतवार २३:४१

श्रीलंकामा जारी एसीसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको आजको खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। जितका लागि १०९ को लक्ष्य पाएको पाकिस्तानले ११.५ ओभरमा ११० रन बनायो।
पाकिस्तानका लागि ओपनर गुल फिरोजाले ३५ बलमा ५७ रन, मुनिबा अलीले ३४ बलमा ४६ रन र टुवा हसन २ बलमा १ रन बनाइन्। पाकिस्तानको यो पहिलो जित हो। यसअघि भारतसँग भएको खेलमा पाकिस्तान ७ विकेटले पराजित भएको थियो।
श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाएको थियो। नेपालका लागि कविता जोशीले २३ बलमा ३१ रन जोडिन।
पूजा महतोले ३२ बलमा २५, सिता राना मगर ३० बलमा २६, रुविना क्षेत्री १४ बलमा ८ रन, इन्दु बर्मा २ बलमा शून्य, कविता कुँवर १३ बलमा १३ रन, सम्झना खड्का ५ बलमा ४ रन बनाए। प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो।



ताजा खबर