स्वर्गीय माननीय रायको संयुक्त शोक सभा मलंगवामा गरियो

२०८१ श्रावण १२, शनिबार २२:४७

पुर्व मन्त्री सहृदयी स्वर्गीय रामचन्द्र राय पावन स्मृतिमा आयोजित संयुक्त शोक सभा सदरमुकाम मलंगवा स्थित उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको छ ।

शनिबार बेलुकी आयोजना गरिएको शोक सभामा पुर्व अर्थ मन्त्री संजय यादव,जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह,उपप्रमुख जितेन्द्र प्रसाद कुशवहा,नागरिक समाजका जिल्ला अध्यक्ष उग्रकान्त झा, महासचिव शिवचन्द्र चौधरी ,मानव अधिकरकर्मी मुकेश मिश्र, राजेस पासवान ज्येष्ठ नगरिक,समाजसेवी ,उद्योगी, राजनीतिक दलका प्रतिनिधि पत्रकार लगायतको उपस्थितिमा शोक सभा गरि मैनवती प्रज्वलन गरिएको छ ।


कार्यक्रममा प्रदेश सांसद तथा पुर्व अर्थ मन्त्री संजय यादवले हामीले हाम्रो परिवार गुमायो , जिल्ला एउटा अभिभावक गुमाएको दुःख व्यक्त गर्नुभयो । मामाको हत्यामा सर्लाही सुरक्षा प्रमुखले घटना बारे सुरुदेखि नै गम्भीर नदेखिएको प्रदेश सांसद यादवले बताउनुभयो । पुर्व मन्त्री रायको हत्या भएको एक हप्ता भयो तर प्रहरीको फितलो अनुसन्धानले अपराधी सार्वजनिक गर्न सकेका छैनन् । जिसस प्रमुख र उपप्रमुखले शोक सभालाई शोक मन्तव्य राख्नुभएको सभालाई नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले संचालन गर्नुभयो ।

नगरिक समाज,ज्येष्ठ नागरिक,उद्योग बाणिज्य संघ,चैम्बर अफ कमर्स,सेवा निवृत्त,मलंगवा जेसिज,मानव अधिकार रक्षक संजाल,नेपाल भारत मैत्री संघ,नेपाल भारत भात्री मंच,मैथली प्रवर्द्धन समिति,गोपाल सेवा समिति,मिथिला प्रज्ञा प्रतिठान,राष्ट्रिय दलित कल्याण समाज,पतंजली योग समिति सर्लाही संयुक्त शोक सभा आयोजना थियो ।

गत आइतबार राती अज्ञात व्यक्तिले पुर्व मन्त्री रायको हत्या गरेको आरोपमा मन्त्रीका सह्योगीलाई हिरासतमा राखी अनुसन्धान भैरहेको छ ।



ताजा खबर