रौतहट जिल्लाको सदरमुकाम गौर बसपार्क नजिक ठुलो परिणाम लागूऔषध सहित एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक दिलिप घिमिरे बताएका छन्। हिजो बिहान करिब १० बजेको समयमा गौर बसपार्कबाट खटिएको प्रहरी सहायक निरीक्षक रामपुकार सहनीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक घिमिरेले बताएका छन्।स्थायी प्रहरी पोस्ट गौर बसपार्कका प्रहरी सहायक निरीक्षक सहनीको कमाण्ड खटिएको टोलीले गौर नगरपालिका वडा नंबर ४ चिया पसल अगाडि शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका जिल्ला ललितपुर महानगरपालिका वडा नं.३ ईमाडोल बस्ने हसन भुसालको छोरा बर्ष २१ को समिर भुसालले बोकेको झोला भित्र चेकजाँच गर्दा DIAZEPAM Injection I.P.-2Ml-९६ पिस,Norphin Injection I.P.-2Ml ९६ पिस, Promethazine Hydrochhoride Injection I.P.-2Ml (Phenergan) -९६, नेपाली नगद रु,१,७०७०/- (सत्र हजार सत्तरी रुपैया), भारतीय नगद रु,१०/- (दश रुपैया) Redmi कम्पनीको मोबाईल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो। पक्राउ परेको भुसाल सहित प्रतिबन्धित लागू औषध एम्पुलहरु जम्मा गरी २८८ एम्पुल सहित सामानहरु रितपुर्वक बरामद गरी लागू औषध मुद्दामा सम्मानित रौतहट जिल्ला अदालत, रौतहटबाट म्याद अनुमति भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।
रौतहटमा ठुलो परिणाममा लागूऔषध सहित मानिस पक्राउ
२०८१ श्रावण १६, बुधबार १८:१४
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer