पोखरा उडेको बुद्ध एयरको जहाज काठमाडौंमै अवतरण

२०८१ श्रावण १८, शुक्रबार १७:५०

काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौंमै अवतरण भएको छ।शुक्रबार पोखराका लागि उडेको उडान नं.६५५, कल साईन ९एन–एएमडीमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी दिएको हो।
काठमाडौंमा सुरक्षित अवतरण गरिएसँगै यात्रुहरूलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको उल्लेख छ।



ताजा खबर