संजु कुमारी दास
सिरहा । अहिले को अवस्थामा प्रायः युवा हरु विभिन्न कारणले लागुऔषध को कुलतमा लम्कने गरेको पाइन्छ । जसले उनीहरुको भविष्य त बिगरीन्छ नै साथै परीवार समाज र सिंगों राष्ट्र माथि असर पर्नुका साथै आर्थिक रुपमा पनि कमजोर हुदै गएको देखिन्छन् । यसलाई नियन्त्रीत गर्न युवाको मात्र दायित्व न भई कन अभिभावक पनि तेतिनै जिम्मेवार र सचेत हुनु पर्ने आजको आवश्यत्ता छ ।
अन्तराष्ट्रिय युवा दीवसलाई सप्ताह व्यापी रुपमा मनाउने कार्यक्रम अन्तर्गत मुक्ति नेपाल द्वारा गोलबजार नगरपालिका ५ असनपुरमा युवा महीला पुरुष र उनीहरुको अभिभावक संग लागु औषधको परिचय, असर, लक्षण, र अभिभावकको दायित्व तथा कानुनी प्रवधान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्मपन्न गरेको छ ।
कार्यक्रममा लागु औषध के हो,यसको प्रयोगले मानव शरीरमा केकस्ता असरहरु पर्ने गर्छन, किन हामीले यसको प्रयोग गर्नु हुदैन, कानुनी प्रवधान के के छन् विषयमा विस्तृत रुपमा जानकारी गराउनुका साथै त्यहाँका युवा हरु र अभिभावक हरुमा यस प्रतिको बुझाई लाई आकलन गर्दै मुक्ति नेपालका कार्यक्रम संयोजक धिरेन्द्र साहले प्रस्ट पानु भएको थियो । जसमा उमेर अनुसार लागु औषध सेवन गर्ने १५ वर्ष मुनिका १.४%, १५ देखि १९ उमेर समुहका १९.९%, त्यस्तै २०–२४ का सबै भन्दा बढी ३२.२%, ३०–३४ का १३.७%,र ३५–३९ उमेर समुहका ५.७% व्यक्ति यस्तो कुलतमा रहेको एक तथङ्कले देखाएको छ भने मुखले सेवन गर्ने लागु पदार्थ ४३% र अन्य जस्तै सुई र इन्जेक्सन बाट ५७ % रहेको बताउनु भयो जो एकदमै भयावह छन् ।
त्यस्तै कार्यक्रममा सहभागि सुरज कुमार सिंहले हामीलाई यस्ता कुराको जानकारी अली अली मात्र थियो तर लागु औषधि सेवनले यस्ता किसिमका दीर्घ कालिन र भयावह रोग लाग्न सक्छ भन्ने थाहा थियेन, अब देखि आफु सचेत हुनु का साथै हाम्रा साथीहरुलाई पनि यस्ता कुरामा सचेत गराउने छु र लागु औषध सेवन लाई निरुत्साहीत बनाउन अघि बढ्ने छु भने ।
त्यस्तै दीपिका सिंहले भने हामी लाई यो कुराहरुको जानकारी नै थियेन यस्ता पदार्थ सेवन गरे पछि मानवमा देखिने लक्षणहरु यदी हाम्रो समाजको कसैमा देखिएको छ भने हामी त्यसलाई कसरी त्यस्ता लत बाट जोगाउन सक्छौं भन्ने बाटो खोजी उनीहरुलाई यस्ता लत बाट जोगाउन सक्छौं ।
रुबी कुमारी सिंहले यस्ता पदार्थ सेवन गर्नाले हाम्रो स्नायु प्रणाली र प्रजनन् प्रणली लाई बिगारनुका साथै, मुटु र मृगौला सम्बन्धि रोग पनि लाग्छ र परिवार, समाजमा पनि असर गर्नुका साथै आर्थिक रुपमा कमजोर बनाउने गर्छ । तेही भएर हामी यस्ता क्रियाकलापमा रोक लगाउन आफ्नै परिवार बाट सुरु गर्नु पर्छ ।
त्यस्तै अभिभावक बाट बिन्दु कुमारी सिंहले भनिन् कतै न कतै हाम्रो पनि कमजोरी छ हाम्रा बच्चाहरु यस्ता कुलतमा फस्न जान्छ । तर हामीले जती प्रयास गरे पनि यस्ता लतमा परि सकेको लाई बाहीर निकाल्न गाह्रो भई रहेको हुन्छ , तेही भएर हामीले आफ्नो बच्चा कहां के गरी रहेको छ ध्यान दीनु पर्छ । यस्ता कुराहरु हामीलाई थाहै थियेन, यस्ता यस्ता औषधिहरु हुन्छ हामी कहीले देखेकै थियेन । अब देखि ध्यान दीन्छु र सचेत पनि गराउछु ।