सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ३ को कार्यालय भवन उद्घाटन गरिएको छ । लामो समयदेखि भाडाको घरमा संचालन भईरहेको यस वडाको नवनिर्मित भवन आज एक कार्यक्रमबिच बलान बिहुल गाउँपालिका वडा नं. ३ मौवाहामा उद्घाटन गरिएको छ ।
राष्ट्रिय योजना आयोगको ४० लाख र बलान विहुल गाउँपालिकाको २६ लाख गरि जम्मा ६६ लाखको लगानीमा वडा कार्यालय निर्माण सम्पन्न भई उद्घाटन भएसंगै कार्यालय संचालनमा आएको छ ।
बलान बिहुल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकिशोर यादब (बब्लु) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाउँपालिका प्रमुख खेमचन्द्र यादवको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गाउँपालिका उपप्रमुख रेणु यादब, त्यसैगरी अतिथिको रुपमा वडा नं. १ का वडा अध्यक्ष राम कुमार यादब, कार्यपालिका सदस्यहरु संतोष कुमार साह, संजिव शर्मा, वडा सदस्यहरु अमला देवि यादब, राम बचन मण्डल, राजलाल साह, सशस्त्र प्रहरी निरिक्षक सनत कुमार राई, नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक संजय झा, नगर प्रहरी प्रमुख पशुपति यादब, असई संतोष कुमार यादव, सवईन्जिनियर दिनेश कुमार यादब, पंजिकरण शाखा प्रमुख प्रमेश्वर गुप्ता, जसपाका नेता हरी राम, युवा नेता घनश्याम मण्डल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दिवंगत यस वडा (साविक गाविस मौवाहा) बाट प्रतिनिधित्व गर्ने पूर्वप्रधानपंच तथा गाविस अध्यक्षहरुको फोटोमा माल्यार्पण गरि सम्झना गरिएको थियो ।कार्यक्रमको संचालन वडा कार्यालयका कर्मचारी धिरज झाले गरेको थियो