मिर्चैयामा आज शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।“रक्तदान नै जीवन दान हो“मुल नाराको साथ न्यू शिव शक्ति मेडिकल हल र महावीर यूवा कमिटी द्वारा आयोजीत रक्तदान शिविरमा ११६ जनाले रक्तदान गरेका छन ।
नेपालीहरुका महान पर्व बडा दशै, शुभ दीपावली तथा छठ पर्वको अवसरमा “रक्तदान नै जीवन दान“ आफु पनि बच्चु र अरुलाई पनि बचाउ नाराका साथ नेपाल रेडक्रस सोसाइटी लाहानको प्राविधिक आयोजना मा हुनगैरहेको छ । सिरहाको मिर्चेया लगायत बिभिन्न स्थानहरुमा रगतको अभाबले रोगीहरुको जान गमाउनु परिरहेको कुरालाई ध्यानमा राख्दैआज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त रक्तदान कार्यक्रममा ११६ जनाले रक्तदान गरेका छन ।
सिरहाको मिर्चैया लगायत बिभिन्न स्थानहरुमा रगतको अभाबले रोगीहरुको जान गमाउनु परिरहेको कुरालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको न्यू शिव शक्ति मेडिकल हलका प्रो .राजाराम सहले बताए ।
वर्षाको मौसममा बिरामीहरुलाई रगतको आबश्यत्ता भएको बेला रगत उपलब्ध गरिदिनको लागी सिफारिस गरि पठाईएको महावीर यूवा कमिटीका अध्यक्ष बजरंग साहले बताए । मिर्चैयामा सक्रिय रहेको बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि रक्तदान कार्यक्रमको आयेजना गरिरहको महावीर यूवा कमिटीका सचिव संतोष साहले बताए ।
रक्त दान कार्यक्रममा महावीर यूवा कमिटीका मिर्चैयाका सदस्यहरूले पनि रक्तदान गरेका छन । रक्तदान कार्यक्रममा मिर्चैया योग समितिका अध्यक्ष अकलदेव सिंह नेपाल रेडक्रस सोसाईटीमिर्चैया उपशाखाका कोषाध्यक्ष रिपेन्द्र कुमार ढुङ्गेल लगायत स्थानिय यूवाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।