सिरहा जिल्लाको कवीर पंथीहरुको जिल्ला नव कार्य समिति कल्याणपुरमा गठन

२०८१ आश्विन २९, मंगलवार २२:३३
सिरहा जिल्लाको कवीर पंथीहरुको जिल्ला नव कार्य समिति कल्याणपुरमा गठन गरिएको छ ।
जिल्लाका १७ वटै पालिकाहरुबाट भेला भएका कवीर साहेबहरुको निर्णय अनुसार आज महत्तमान कारी साहेबको अध्यक्षतामा समिति गठन गरिएको हो । आयोजक महत्तमान कारी साहेबको अध्यक्षतामा र जनकपुरबाट विराजमान तथा राष्ट्रिय कबीर धर्म परिषदका राष्ट्रिय अध्यक्ष महत्मान आलोक साहेबको प्रमुख आथित्यतामा कवीर धर्मपरिषदको जिल्ला समिति गठन गरिएको छ । उक्त निर्णय अनुसार जिल्ला अध्याक्षमा कारी साहेबको नाम सर्वसम्तिले चयन गरिएको छ । त्यस्तै जिल्ला उपाध्यक्षमा महत्मान सुर्यदेब साहेब यादब, सचिबमा महत्मान चन्देश्वर साहेब साह, कोषाध्यक्षमा महत्मान जामुन साहेब मण्डल सहित २१ सदस्य कार्य समिति चयन गरिएको छ ।
कवीर साहेबहरुको उक्त भेलाले महत्मान कारी साहेबको लगनशीलता, धर्म प्रतिको आस्था र निष्ठालाइ मध्ये नजर गर्दै उहाँलाइृ अध्यक्षमा चयन गरिएको जानकारी नव कार्य समितिका सचिब महत्मान चन्देश्वर साहेब ले दिनुभयो । नव कार्य समितिले जिल्ला भरि नै विभिन्न ठाउँमा कवीरको गाथालाइृ थप उत्कर्षमा पुरयाउने लक्ष्य राखेको छ । त्यस्तै कवीर पंथीहरुको शाकाहारी र गुरुदिक्षीत भएर पनि समाजमा अन्य धर्महरुको नाममा भइरहेको विभिन्न किसिमका हिंसात्मक गतिविध जस मध्ये पशुवली, अन्धविश्वास, र विभिन्न किसिमका पुजा अर्चाना गरिने अन्धविश्वास विरुद्धमा प्रवचन गरिरहँदा पनि समाजले पटक पटक विभिन्न अवसरहरुमा खुल्लमखुल्ला लाखौँ लाख जीवहरुको हिंसा गरेको देखेर कवीर पन्थीहरु ऋाफनो धर्म र आफनो ज्ञानलाइृ सार्वजनिक गर्नै यसको मुख्य उदेश्य रहेको छ । र सरकार समक्ष पनि यसलाई कसरी अगथामी दिनहरुमा सरकारी तवरले बोध होस भन्ने उदेश्य कवीर साहेबहरुको रहेको छ । यसै क्रममा आज सोमबार सिरहा को कल्याणपुर नगरपालिका निवासी महत्मान अध्यक्ष कारी साहेबाको निज निवासमा महत्मानहरुको लागी भव्य भण्डारा कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा धनुषाबाट आउनुभएका राष्ट्रिय कवीर धर्म परिषदका उपाध्यक्ष महत्मान राम किषुण साहेब, कोषध्यक्ष राम करण साहेब, महत्तोरी जिल्लाको बर्दिबास नगरपालिकाबाट महत्मान चेत नारायाण साहेबको विशिष्ट आथित्यको सहभगिता रहेको थियो ।



ताजा खबर