सिरहाको मिर्चैया नगरपालिका न.पा. ६ थाना चौक नजिक निर्माणाधिन नालामा एक युवकको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय मिर्चैया देखि करिव ५० मिटर पूर्व निर्माणधिन महेन्द्र राजमार्गको नालामा कल्याणपुर नगरपालिका न.पा.१ अर्नमाका २८ वर्षिय नितेश कामतीको शव फेला परेको हो।
स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी पुग्दा उनको मृत्यु भईसकेको प्रहरीको भनाई छ। प्रहरीले आवश्यक प्रकृया पुरागरी आजै शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ। उनको मृत्युको कारणभने पोष्टमार्टम रिपोर्ट पछि मात्र खुल्ने मिर्चैया प्रहरीले जनाए।
स्थानीयले आजै विहान ९–१० बजेको आसमापासमा घुमिरहेको देखेको प्रहरीको भनाई छ। उनी नालामा झोक्राएर बसेको र पछि त्यही सुनेको स्थानीयको भनाई रहेको छ। सुतेको धेरै वेरसम्म नउठेपछि स्थानीले नै प्रहरीलाई सूचना गराएका थिए। प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेका जनाएको छ।
मृतक नितेश कामती केही दिनदेखि काठमाडौंमा मजदुरीको काम गर्दै आएको परिवारजनको भनाई रहेको छ ।