क्रिकेटर पुजा महतोलाई मिर्चैया नगरपालिकाद्धारा नगदसहित सम्मान गरिएको छ । नेपाली यू–१९ महिला टोलीकी कप्तान पुजा महतोलाईलाई नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै विहिवार मिर्चैया नगरपालिकाद्वारा आयोजित एक समारोहका बीच मिर्चैया नगरपालिकाका प्रमुख श्रवण कुमार यादवले नगद ३५ हजार प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
समारोहमा नेपाली यू–१९ क्रिकेट टोलीकी कप्तान महतोले आफूले देशको शिर उच्च पार्न सधै क्रिकेटको माध्यमबाट जीवन समर्पित गरिसकेको बताईन् । उनले भने, ‘नेपाल टिमलाई अघि बढाउन जस्तोसुक्कै संघर्ष गर्न तयार छु ।’
नगरप्रमुख श्रवण कुमार यादवले पुजाको कप्तानीमा गत साता नेपाली यू १९ महिला क्रिकेट टोलीले इतिहास रच्दै आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल भएकोमा खुशी प्रकट गर्दै देश र मधेशको शिर उच्च पारेको गौरवान्वित भएको बताए । उनले भने, ‘मधेशको माटोमा एकसे एक गौरव गर्ने गौरव गर्ने खालको प्रतिभाहरु भएको तर हामीले चिन्न सकेको छैनौं ।’