जिल्लाको नमुना सहकारी संस्थाकोे रुपमा चिनाउने शुभकार्य कृषि सहकारी संस्था

२०८१ माघ १, मंगलवार ०९:४८

सिरहाको मिर्चैयामा अवस्थित शुभकार्य कृषि सहकारी संस्था लिमिटेडले आठौं वर्ष पूरा गरी ९ औं वर्षमा प्रवेश गरेको छ । आठौं वर्ष पूरा गरेको अवसरमा शुभकार्य सहकारीले सोमबार मिर्चैयामा भव्यतापूर्वक साधारणसभा गरेको छ । मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित रहेको सिरहा जिल्लाको नमुना सहकारी संस्थाकोे रुपमा चिनाउने शुभकार्य कृषि सहकारी संस्थाको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुभकार्य कृषि सहकारी संस्थाका सचिव रामरत्न यादवलले आ.व.२०८०÷२०८१ को प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागि संस्था क्रियाशिल रहेको बताए । समाजमा छरिएर रहेको स–सानो पुँजीलाई एकिकृत गरी सदस्यहरुमाझ परिचालन गरी उनीहरुको जीवनस्तर परिवर्तनमा संस्थाले काम गर्दै आएको उनले जनाए ।

सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर संस्थाले वित्तीय कारोवार गर्दै आएको भन्दै सचिव यादवले वित्तीय संकटका बीचमा पनि तरलता व्यवस्थापन गरी सदस्यहरुको बचत फिर्ता गर्न संस्था सफल भएको सो अवसरमा जानकारी दिए । संस्थाले तरलता व्यवस्थालाई विशेष ध्यान दिएको,भाखा नाघेको ऋणलाई अनिर्वाय रुपमा जोखिम व्यवस्थापन गरेको, सहकारी शिक्षालाई निरन्तरता दिएको,उत्पादनमुलक क्षेत्रमा ऋण लगानीलाई प्राथमिककतामा राखेको र पल्र्स मापदण्ड अनुसार संस्था सञ्चालन गरेको उनको भनाई छ । संस्थाका सचिव यादवले भने हामीले यस संस्थालाई नमुना बनाउनका लागि विभिन्न कार्यहरुको सुरुवात गर्दै यस संस्थामा शेयरधनीहरुको सहभागितामा जोड दिएकोले आज यो संस्था यस अवस्थामा पुग्न सफल भएको जानकारी दिए । यो संस्थालाई अगाडि बढाउनका लागि हामीलाई विभिन्न क्षेत्रका व्यक्तिहरुले सहयोग गर्दै आएकोले सबैजना धन्यवादको पात्र भएकोे जानकारी दिए ।

मिर्चैया क्षेत्रमा लोकप्रियता कमाएको यो सहकारी अहिलसम्ममा २० करोडबढीको कारोवार गरेको छ । स्थापनाकालदेखि अहिलेसम्ममा २० करोड ८६ लाख २६ हजार ६ सय २५ रुपैयाँको कारोबार भएको सहकारीले जनाएको छ ।सहकारीका अनुसार, यस संस्थाको अहिले ऋण प्रवाह भएको रकम १५ करोड ७३ लाख १२ हजार एक सय ५ रुपैयाँ छ । यस्तै, सर्वसाधारणले बचत गरेको रकम १४ करोड ५६ लाख ५० हजार ९ सय ९ रुपैयाँ छ । र यश संस्थाले ऋण प्रवाह भएको रकम १५ करोड ७३ लाख १२ हजार एक सय ५ रुपैयाँ छ । भने यश सहकारी संस्थाको जम्मा सेयर पुजी १ करोड़ १२ लाख २६ हजÞार ६०० साय रहेको छ । र अहिलेसम्म यश संस्थाको कुल नफÞा २१ लाख ४४ हजÞार ९ साय ४५ रूपैयाँ रहेको छ । सहकारीका सचिव रामरतन यादवले जानकारी दिए ।


यसैगरी, सहकारीले मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका मिर्चैयाका होटल व्यावसायी मनोज कुमार साहको ४ लाख ५० हजार रुपैयाँ ऋण पनि मिनाहा गरेको छ । यस्तै, परिवारका सदस्य गुमाएका सहकारीका ४ जना सदस्यलाई ५ हजार एक सय ७५ रुपैयाँका दरले क्रिया खर्चसमेत प्रदान गरिएको छ ।
यसैगरी यश संस्थाको नवनिर्मित कार्यालयको पनि समुद्घाटन गरिएको छ ।
साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवणकुमार यादवले अहिले देशभरका सहकारी संकटग्रस्त रहेको अवस्थामा यो सहकारीले प्रगति गरिरहेको भन्दै प्रशंसा गरेका छन् ।

सहकारी ग्रामिण क्षेत्रको वित्तीय चेतना र आर्थिक विकासको मजबुत माध्यम भएको जनाउँदै नियत ठीक राखेर इमान्दारीपूर्वक सहकारी सञ्चालन गरिए सकारात्मक परिणाम दिने नगर प्रमुख यादवको भनाइ छ ।
उक्त कार्यक्रम मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादव संगै शुभकार्य कृषि सहकारी संस्थाका अध्यक्ष भरत कुमार यादवले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको हो । संस्थाका भरत कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादव आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष भरत कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादव, बिशिष्ट अतिथिको रुपमा मिर्चैया नगरपालिकाका सहकारी शाखा प्रमुख धनञ्जय महतो, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मिर्चैया शाखा प्रमुख गणेश कुमार ठाकुर,मिथला बचत बहुउद्देश्यीय सहकारीका अध्यक्ष लोकनाथ यादब,शेयर धनिहरु जनकलाल साह,रामवावु महतो लगायत बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायतका सहभागिता रहेको थियो



ताजा खबर