“गणित र माया ” (भाग – १)

२०८१ फाल्गुन १५, बिहीबार २२:३६

 – चौधरीजी

 गणित  कहिल्यै मेरी आमाको प्रेम गन्न सक्दैन ,-२
 मेरो बाबाको परिश्रम मापन सक्दैन,-२
 र कहिल्यै मेरो मायाको तौल बताउन सक्दैन,
 किनकि गणित पनि आफ्नो क्षेत्रफलमा कैद छ,-२
 मेरो बाबाले सालौ अगाडि देखेका ति सपनाहरूको ब्याज जोड्न सक्दैन ,-२
 त्यस सपनाका लागि बगाएका अमूल्य पसिनाको मोल बताउन सक्दैन,-२
गणितले तिनको भावलाई प्रकट गर्न कुनै सूत्र लगाउन सक्दैन,-२
लगाएपनि खाडीमा बिताएको जौबनको मोल चुकाउनु सक्दैन,-२
हुन त गणितको कद विशाल छ आफूमै तर,
छोरा र छोरीको भविष्यको लागि गरेको पौरख र पसिनाको हिसाब लगाउन सक्दैन ,-२



ताजा खबर