जनकपुरमै पांग्रा छोडेर बुद्व एयरको जहाज जब काठमाडौं पुग्यो….

२०८१ फाल्गुन २२, बिहीबार २१:५३

बुद्व एयरको जहाज जनकपुर विमानस्थलमै पांग्रा छोडेर काठमाडौं आइपुगेको घटना सार्वजनिक भएको छ । बिहीबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा जहाजको पांग्रा हराएको हो ।

बुद्व एयरको एटीआर ७२ जहाज अगाडिको एउटा पांग्रा बिना नै जनकपुरबाट उडान भरेको थियो ।जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाइ काठमाडौं ल्या्ण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।बुद्व एयरका प्रवक्ता रुपेश जोशीले पांग्रा बिनै उडान भरिएको स्वीकार गरे । उनले नेपाल प्रेससंग भने, ’पांग्रा जनकपरमै छुटेछ । पछि काठमाडौं आईपुगेपछि थाहा पाईयो । तर, अगाडिको पांग्रा नभएपनि जहाज सुरक्षित अवतरण गरिएको छ ।झ

उनका अनुसार अवतरण पछि पांग्रा खोजि गर्दा जनकपुर विमानस्थलमै छुटेको पाईएको छ । उक्त जहाजमा ६२ यात्रु रहेको उनले जानकारी दिए ।उक्त जहाजले जनकपुरबाट काठमाडौंका लागि दिउँसो ४ बजे उडान भरेको थियो ।



ताजा खबर