सप्तकोशी नगरपालिका २ स्थित गौवद्र्धन बैरागी जनता माध्यमिक विद्यालयभित्रै विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
धनुषा सवैला नगरपालिका १२ घर भई हाल सप्तरीको सप्तकोशी नगरपालिका २ बस्दै आएका ३३ वर्षीय रमेशकुमार राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका शिक्षक राउतलाई विद्यालयबाटै पक्राउ गरिएको हो । प्रहरीका अनुसार १६ वर्षीया छात्रालाई ‘कञ्चनपुर २०८१÷८२’लाई बाल यौन दुरुपयोग गरेको उजुरी परेको थियो ।
राउत सो विद्यालयमा कम्युटर शिक्षक हुन् । उनले छात्रामाथि यौन दुव्र्यवहार गरेको उजुरु पाएपछि पक्राउ गर्न इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली विद्यालयमा पुगेको थियो ।