प्रधानमन्त्रीबाट नयाँ प्रविधिमा आधारित कागज उद्योगको उद्घाटन

२०८१ फाल्गुन २२, बिहीबार २१:५८

आइएमइ ग्रुपले नेपालमै प्रयोग भइसकेका कागजबाट नयाँ कागज उत्पादन गर्ने उद्योग स्थापना गरेको छ ।नेपाल पल्प एण्ड पेपर ईण्डष्ट्रिज प्रा.लि. सञ्चालनमा आएसँगै नेपालमा कागज आयातमा कमी आउने र रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

आइएमइ ग्रुपले स्थापना गरेको सो उद्योगले प्रयोग भइसकेका कागजलाई प्रशोधन गरी नयाँ कागज उत्पादन गर्नेछ । यसले नेपालमा वार्षिक रूपमा खपत हुने करिब १ लाख ५० हजार मेट्रिक टन कागजको आयातलाई घटाउन मद्दत गर्ने बताइएको छ ।उद्योगले करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने जनाइएको छ । यसले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउने र युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने बताइएको छ ।

आइएमइ ग्रुपले यो उद्योग वातावरणमैत्री र दिगो विकासको अवधारणालाई ध्यानमा राखेर स्थापना गरेको जनाएको छ । प्रयोग भइसकेका कागजको पुनःप्रयोगले वन विनाश रोक्न र वातावरण संरक्षणमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।

नेपाल सरकारले पनि यस्ता उद्योगलाई प्रोत्साहन गर्न नीतिगत सहयोग प्रदान गर्ने जनाएको छ। आइएमइ ग्रुपको यो पहलले नेपालको कागज उद्योगलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।



ताजा खबर