एसबिआई बैंक मिर्चैया शाखाले मनायो भव्य ११५ औँ नारी दिवस, महिलाहरुलाई सम्मान

२०८१ फाल्गुन २४, शनिबार २२:५८

सिरहाको मिर्चैयामा रहेको नेपाल एसबिआई बैंकले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । प्रत्येक बर्ष ८ मार्चको दिन मनाइने अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एसबिआई बैंक मिर्चैया शाखाले एक समारोहको आयोजना गरी कार्यक्रम भव्यताको साथ मनाएको छ ।

११५ औं महिला दिवसको अबसरमा नेपाल एसबिआई बैंक मिर्चैया शाखाले “सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता”सामाजिक उत्तरदायित्व अन्र्तगत मिर्चैया स्थित रहेको नर्सिङ्ग क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि त्यहाँ नर्सिङ्ग अध्ययन करिव १०० जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई दोसल्ला,अबिर लगाएर गिफ्ट समेतले सम्मान गरिएको मिर्चैया शाखा प्रमुख विकास कुमार मिश्रले बताए । कार्यक्रममा क्याम्पसको संस्थापक डा।बिरेन्द्र प्रसाद चौधरी सहित बैंक तथा क्याम्पसका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



ताजा खबर