आगलागिले एक फर्निचर उद्योग र तीन घर खरानी

२०८१ चैत्र ३, सोमबार २१:४४

सप्तरी सदरमुकाम राजविराज नगरपालिका ६ खर्साल टोलमा सोमबार दिउँसो आगलागि भएको छ । आगलागिमा एक फर्निचर उद्योग, ३ वटा घर, ५० हजार नगद तथा सुनचाँदीका गरगहना जलेर लाखौंको सम्पत्ति खरानी भएको छ ।स्थानीय दुबीलाल यादवको गुहालीबाट सल्केको आगोले उनको तीन घरसहित छिमेकी सुरेश शर्माको फर्निचर उद्योग जलेर नष्ट हुँदा करिब १४ लाख बराबरको क्षति भएको पीडितहरुले बताएका छन् । आफ्नो तीन घरसहित ५० हजार नगद, खाद्यान, लत्ताकपडा, भाडा वर्तन, सुनचाँदीका गरगहना गरि १० लाख बराबरको क्षति भएको दुबीलालले संचारकर्मीहरुलाई सुनाए । छिमेकी सुरेश शर्माले फर्निचर उद्योगमा आगलागि हुँदा लाखौंको फर्निचरका साथै काठ कठान गर्ने दुई वटा मेशिन समेत जलेर नष्ट भई चार लाख बराबरको क्षति भएको बताए ।

दिउँसो पाँच बजे लागेको आगो राजविराज नगरपालिका र मधेश प्रदेश तालिम केन्द्रको बारुणयन्त्र, नेपाल तथा सशस्त्र प्रहरी र स्थानियबासिको सहयोगमा एक घण्टाको प्रयास पश्चात् आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।आगलागिको कारण खुल्न नसकेको तथा क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



ताजा खबर