संचारकर्मीलाई दुर्ववहार गरे नेपाल पत्रकार महासंघ रौतहटले कानुनी उपचार गर्ने

२०८१ चैत्र १२, बुधबार २२:१८

रौतहटमा बिगतको दिन देखि केही ब्यक्तिहरुले समाजिक संजालमा रिसराग पोखि रुपमा संचारकर्मीहरु माथि पटक पटक गाली बेईजती तथा समग्र रुपमा दुर्ववहार गर्दै आईरहेकोले नेपाल पत्रकार महासंघ रौतहट शाखाले कडा एक्सन लिने भएको हो। रौतहटमा पटक पटक केही अराजक ब्यक्तिहरुले आफ्नो रिसिभी सघाउन संचारकर्मीहरुलाई लक्षित गरी समाजिक संजालमा दुर्ववहार गर्नेलाई अब कानुनी उपचार गर्ने नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले जनाएको हो। कुनै पनि ब्यक्ति,संघ संस्था तथा अन्य कार्यालयको बारेमा समाचार लेख्दा चित नबुझेको खण्डमा सम्बन्धित निकायमा उजुर गर्न प्राव्धान रहेता पनि आफ्नो रिसिभी सघाउन समग्र पत्रकारलाई समाजिक संजालमा गाली बेईजती तथा दुर्ववहार गर्नेलाई अब देखि हदै सम्म कार्वाही गराउने तर्फ लाग्ने नेपाल पत्रकार महासंघ रौतहटका सचिव श्रेष्ठले आज प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएका छन्। भने सबै संचारकर्मीलाई नेपाल पत्रकार महासंघले तोकेको अचार संहितामा रहि कार्य गर्न निर्देशन समेत दिएका छन्।



ताजा खबर