मनकामनापोष्ट

Written by 10:04 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

स्थानीय निर्वाचनको मिति घोषणा सकारात्मक ः लोसपा नेपाल


सिरहा,माघ २६ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा गरेकोलाई सकारात्मक रुपमा लिएको जनाएको छ । लोसपाका अध्यक्ष जितेन्द्र सोनलले बुधबार विज्ञप्ति जारी गर्दै आवधिक निर्वाचनबाट मात्रै संसदीय प्रणाली, बहुदलीय व्यवस्था, लोकतान्त्रिक मुल्य मान्यता एवं विधिको शासनलाई सुदृढ एवं संस्थागत गर्ने हुँदा सकारात्मक रुपमा लिएको जनाएको छ ।

यस्तै, जारी विज्ञप्तिमा स्थानीय तहको निर्वाचन २ असोज ०७४ लाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधिको अधिकारबाट वन्चित नगर्न पनि जोड दिएको छ । यदि यस्तो भएमा संविधानको मर्म र भावनाविपरीत हुने हुँदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, सम्वन्धित पक्ष एवं अन्य सरोकारवाला समेतको ध्यान आकृष्ट गराएको छ ।

(Visited 4 times, 1 visits today)

HTML tutorial