मनकामनापोष्ट

Written by 10:20 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

फागुन १७ गते एमाले अध्यक्ष ओली रौतहट आउँदै


रौतहट,माघ २६ गते । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अगामी फागुन १७ गते रौतहट आउने भएका छन् । मौलापुर नगर प्रमुख रिना कुमारी साहको निमन्त्रणामा प्रमुख अतिथिको रूपमा मधानी महायज्ञको उद्घाटन गर्न अध्यक्ष ओली आउन लागेका हुन् ।

मेयर साहको नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो । मौलापुर ५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले रातोपाटीलाई जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

HTML tutorial