मनकामनापोष्ट

Written by 7:52 am कर्णाली प्रदेश, ताजा अपडेट, राष्ट्रिय

तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु


दाङ,माघ २८ गते । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलमा आगलागी हँुदा पाँच जनाको मृत्यु भएको छ । बिहीबार राति करिब पौने २ बजेदेखि चार तले घरमा लागेको आगामा फसेका पाँच जनाको मृत्य भएको हो । उनीहरुको पहिचान अझै खुल्न बाँकी रहेको छ ।
तुलसीपुर उपमहागनरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । अहिले केही नियन्त्रणमा आएको भए पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए । आगलागी भएको घरभित्र केही मान्छे फसेका छन् । उनीहरुसँग सम्पर्क पनि हुन सकेको छैन । धुवाँ र तातोका कारण बाहिरबाट भित्र जान नसक्दा उनीहरुको उद्धार गर्न सकिएको छैन ।

(Visited 8 times, 1 visits today)

HTML tutorial