मनकामनापोष्ट

Written by 7:23 am ताजा अपडेट, प्रदेश नं.१, राष्ट्रिय, समाज

वराहक्षेत्रको आदर्शमा विद्यार्थीको अक्षयकोष


सन्तोष गुप्ता
वराहक्षेत्र ।
वराहक्षेत्रको आदर्श माध्यमिक विद्यालयको पूर्व विद्यार्थीहरुको समूहले निम्न आय भएका विद्यार्थीहरुको लागि अक्षयकोषको स्थापना गरेका छन् । नगरपालिकाको वार्ड नं २ स्थित विद्यालयको २०५२ सालको एसएलसी ब्याचका विद्यार्थीले विद्यालयमा २ लाख ५० हजार रुपैंयाको ‘गरिब तथा जेहेन्दार विद्यार्थी अक्षय कोष’को स्थापना गरेका हुन् ।

बुधवार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुले प्राचार्य प्रहलाद भट्टराईलाई अक्षयकोषको सम्झौता पत्र बुझाईएको कोषका कोषाध्यक्ष विजय शर्माले बताए । आदर्श माविका उत्तिर्ण भएका नेपाल तथा विदेशमा बसोबास गर्ने ५९ जना विद्यार्थीले एक वर्ष अगाडी बनाईएको समुहले आन्तरिक रुपमा चन्दा संकलन गरेर अक्षय कोष संचालन गरिएको शर्माले बताए ।

४३ छात्र तथा १६ छात्रा रहेको सो समुहले नगरपालिकामा नमूना विद्यालयको रुपमा रहेको आदर्श माविका न्यून आय भएका विद्यार्थीलाई सहज शैक्षिक विकासको लागि सहयोग गर्न अक्षयकोषको स्थापना गरिदिएर सहनीय काम गरेको भन्दै खुशी व्यक्त गरे ।

(Visited 6 times, 1 visits today)

HTML tutorial