मनकामनापोष्ट

Written by 11:08 am ताजा अपडेट, प्रदेश नं.१, राष्ट्रिय

एम्वुलेन्सले स्कूटरलाई ठक्कर दिँदा स्वास्थ्य कर्मचारीको मृत्यु


सुनसरी,फाल्गुन ९ गते । पूर्वपश्चिम राजमार्गको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक स्वास्थ्य कर्मचारीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बर भएको एम्बुलेन्सले प्रदेश ०१–०२–०४१ प २१५५ नम्वरको स्कुटीलाई ठक्कर दिंदा इनरुवा ५ का ३० वर्षिय निर्मला उराउको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्य चौकीमा सहयोगीको रुपमा कार्यरत रहेकी थिइन ।
एम्बुलेन्स चालक सप्तरी विसनपुर ५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

HTML tutorial