मनकामनापोष्ट

Written by 11:24 am ताजा अपडेट, बागमती प्रदेश, राजनीति, राष्ट्रिय

भक्तपुरबाट एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ


भक्तपुर,फागुन १० गते । भक्तपुरबाट एक जना चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४७ जना महिला र ३३ जना पुरुष रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले जानकारी दिनुभयो ।

एक चिनियाँ नागरिकले अवैध रूपमा कल सेन्टर सञ्चालन गरी नेपाली युवायुवतीलाई समेत प्रयोग गरेर अवैध क्रियाकलाप सञ्चालन गरिरहेको सूचनाका आधारमा सानो ठिमीको एक घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको पाण्डेले बताउनुभयो ।

कल सेन्टरमार्फत भारतीय मूलका युवायुवतीलाई ऋण लगानी गर्ने र समयभित्र उठाउन कल सेन्टरमार्फत धम्क्याउने गरेको पाइएको उहाँले बताउनुभयो ।

(Visited 5 times, 1 visits today)

HTML tutorial