मनकामनापोष्ट

Written by 4:00 pm खेलकुद, ताजा अपडेट, लुम्बिनी प्रदेश

महिला क्रिकेटमा लुम्बिनीले ललितपुरलाई हरायो, एपीएफको लगातार दोस्रो जित


ललितपुर,फागुन ११ गते । ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा लुम्बिनी प्रदेशले ललितपुर मेयर्स–११ माथि रोमाञ्चक जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बुधवार भएको खेलमा लुम्बिनीले ललितपुरलाई दुई रनले हरायो । लुम्बिनीले दिएको ९५ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स ११ ले २० ओभरमा नौ विकेट गुमाएर ९२ रनमात्रै बनायो । ललितपुरलाई अन्तिम ओभरमा ६ रन चाहिएको थियो । तर लुम्बिनीकी नेरी थापाले १९ ओभर दुई बलदेखि चार बलसम्म लगातार तीन विकेट लिएर ह्याट्रिक गरेपछि ललिपुरले हा¥यो । नेरीले आज चार विकेट लिइन् । यस्तै कृतिका मरासिनीले तीन विकेट लिइन् । ललितपुरकी कञ्चन श्रेष्ठले सर्वाधिक २२ रन बनाइन् ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान सरस्वती जीएमको सर्वाधिक ३१ रन मद्दतमा ९४ रन बनाएको थियो । बलिङतर्फ ललितपुरकी सुमन खतिवडाले तीन विकेट लिइन् ।

आज भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले हरायो । एपीएफको यो लगातार दोस्रो जित हो । सुदुरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६ ओभर पाँच बलमा चार विकेट गुमाएर पूरा ग¥यो। एपीएफका लागि रोमा थापाले नटआउट २३ र ममता चौधरी १४ रन बनाइन् । बलिङतर्फ सुदुरपश्चिमका लागि ईश्वरी विष्टले दुई तथा रितु कनोजियाले एक विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा ८९ रनमात्र बनायो । उसका लागि कविता कुँवरले १८ तथा डोली भट्टले ११ रन बनाइन् । बलिङतर्फ एपीएफकी सोनु खड्काले तीन विकेट लिइन् ।

(Visited 1 times, 1 visits today)

HTML tutorial