मनकामनापोष्ट

Written by 4:15 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

भारतको बैरगनियाबाट तस्करी गरि ल्याएको चामल सहित पिकप पक्राउ


अमित ठाकुर
रौतहट,फाल्गुन ११ गते ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा लाखौं मूल्य बराबरको तस्करी गरि ल्याएको चामल प्रहरीले पक्राउ गरेको हो। गौर बैरगनिया नाका खुला सिमानामा रहेको कारण सदरमुकाममा चामल पसलका संचालकहरुले राजश्व छली बिक्रीवितरण गरि रहेको पाईएको हो। भारत बिहार राज्यको बैरगनियाका एक संचालकले सदरमुकाम गौरको राजाबाबु बस काउन्टरको छेउमा खोलि राखेको चामल पसलका संचालकको लाखौं मूल्य बराबरको चामल सहित पिकप पक्राउ परेको हो। भारतीय संचालकले भारतको बैरगनियाबाट भन्सार छली गरि भण्डारण गरि राखिएको चामल पिकपमा लोर्ड गरि रौतहटको विभिन्न ठाउँमा पठाउँदै गरेको क्रममा प्रहरीले पक्राउ गरेको हो। प्रहरीको बिशेश टोलीले गौर नगरपालिका वडा नं.१ नेपाल लज अगाडी भारतबाट भन्सार छलि गरि भण्डारण गरि राखिएको चामलबाट केही चामलहरु प्रदेश २–०३–००१ च–२१३८ नं.को पिकअपमा लोड गरी अनत्य ठाउँमा लग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक बिनोद घिमिरेले जनाएको हो। पक्राउ परेको रौतहटको गौर न.पा.वडा नं. ७ बस्ने बर्ष ३९ को चन्दन पाण्डेलाई नियन्त्रणमा लिई, सो बलोरो पिकअप रहेको प्रति वोरा २० किलो तौल भएको हाप स्टिम कतरनी चामल १५० बोरा माथि प्रहरीले अनुसन्धान गर्दा सबै चामल भारतीय रहेको पुष्टि भएको हो। प्रहरीले पक्राउ गरेको चामल र एउटा बलोरो पिकअप समेत गरी जम्मा अं.मुल्य रु.१५ लाख २५ हजार बराबरको चामल, पिकअप र चालक पाण्डेलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय ले जनाएको हो।

(Visited 9 times, 1 visits today)

HTML tutorial