मनकामनापोष्ट

Written by 2:47 pm ताजा अपडेट, राजनीति, राष्ट्रिय, समाज

कुलमानकी श्रीमती बनिन् राप्रपा धादिङको उपाध्यक्ष


काठमाडौं,फाल्गुन १२ गते । राप्रपा धादिङको उपाध्यक्षमा दीपा तामाङ चयन भएकी छन् । उनलाई राप्रपा धादिङको कार्यसमिति बैठकले उपाध्यक्षमा मनोनयन गरेको हो । धादिङको रुबिभ्याली गाउँपालिकाकी उनी नेपाल विद्युत प्राधिकरणकी कार्यकारी निर्देशक कुलमान घिसिङकी श्रीमती हुन् । कुलमान माओवादीको कोटामा प्राधिकरणमा कार्यकारी निर्देशक बन्दा उनको श्रीमती भने राप्रपामा आबद्ध रहेकी हुन् । उनी राप्रपामै लामो समयदेखि आबद्ध रहेको बताइएको छ ।

राप्रपाका अनुसार उनी यसअघि धादिङ जिल्ला कार्यसमिति सदस्य रहेकी थिइन् । राप्रपा धादिङको अध्यक्ष भने ध्रुव खनाल रहेका छन् । गत कात्तिकमा सम्पन्न राप्रपा धादिङको अधिवेशनबाट ३१ जनाको कमिटी बनाइएको थियो भने पछि सो संख्या बढाएर ४७ जना पुर्याइएको थियो ।

यसैबीच राप्रपा धादिङको अर्को उपाध्यक्ष बेनीघाट रोराङ गाउँपालिकाका शालिकराम सिलवाललाई चयन गरिएको सो पार्टीले जनाएको छ ।

(Visited 2 times, 1 visits today)

HTML tutorial