मनकामनापोष्ट

Written by 11:31 am अन्तर्राष्ट्रिय, ताजा अपडेट, राष्ट्रिय

एमसीसीविरुद्ध हतियारसहित प्रदर्शनमा उत्रिए आन्दोलनकारी


काठमाडौं,फागुन १५ गते । सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । अहिले नयाँ बानेश्वरमा क्षेत्रमा विरोध प्रदर्शन चर्किरहेको छ । प्रदर्शनकारी घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् ।

एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरेको छ । अहिले संसदमा एमसीसीका विषयमा सैद्धान्तिक छलफल जारी छ ।

(Visited 12 times, 1 visits today)

HTML tutorial