मनकामनापोष्ट

Written by 11:44 am ताजा अपडेट, राष्ट्रिय

गैँडा मृत भेटियो


चितवन,फागुन १५ते । चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ । जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन् । अन्दाजी १८÷२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो । यसअघि फागुन ९ गते निकुञ्जको खोरिया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा पाँच÷छ महिनाको बच्चा फेला परेको थियो । योसँगै चालु आवमा प्राकृतिक कारणबाट २७ र चोरी सिकारीबाट दुई वटा गैँडा मरेका छन् ।

(Visited 3 times, 1 visits today)

HTML tutorial