मनकामनापोष्ट

Written by 2:46 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

उद्योगको लापर्वाहीका कारण सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु


सिरहा,फागुन १५ गते । उद्योगको लापर्वाहीका कारण सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । उद्योगमा प्रोजेक्ट साईडको एसआरएम ईन्जिनियरको रुपमा कार्यरत वेल्डर सरुवारानी गापा ६ प्यूठान का २८ वर्षिय बेच बहादुर पुण मगरको काम गरिरहेको अबस्थामा फलामे पाइपले टाउकोमा लागेर मृत्यु भएको हो ।
काम गरिरहेको अवस्थामा चेनपुल्लिले माथि तानिरहेको फलामे पाइप झरेर टाउकोमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामपुकार कामतिले जानकारी दिए ।
पुनको मृत्यु पछि विहानै देखि मजदुरहरुले घटनाको छानविन गरी लापर्वाही गर्नेलाई कार्वाहीको माँग राख्दै उद्योग बन्द गरेको छ । उद्योगले कामदारहरुलाई अपनाउनु पर्ने आवस्यक सुरक्षा प्रवन्ध नमिलाएका कारण दुर्घटना हुने गरेको अध्यक्ष कामतीको आरोप रहेको छ ।
उद्योगले त्यहाँ कामगर्ने मजदुरहरुलाई सामान्य हेलमेटको समेत व्यवस्था नगरेको बताइन्छ ।
उद्योगले दुर्घटनामा परि मृत्यु भएको वताएको छ ।
मृतक मगरका श्रीमती रिना पुन मगरले घटनाको उचित छानविनको माँग सहित उजुरी गरेको बताइएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सिरहाले मजदुरको लडेर मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले भने, ‘मैले कामगर्ने क्रममा लडेर मृत्यु भएको जानकारी पाएको छु, घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’
शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको जनाएको छ ।

(Visited 84 times, 1 visits today)

HTML tutorial