मनकामनापोष्ट

Written by 8:13 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

रौतहटमा भोजपुरी कलाकार खेसारी भन्दा बढी गायक सुनिल पंडितको माग


अमित ठाकुर
रौतहट ।
भोजपुरी जगतमा निकै नाम कमाएका भोजपुरी स्टार खेसारी लाल यादवलाई हेर्न रौतहटको मौलापुर नगरपालिकामा धेरै भिड लागेको थियो। अभिनेता यादव भोजपुरी जगतमा निकै नाम कमाएता पनि नेपालकै भोजपुरी कलाकार सुनिल पंडितको पनि नाम निकै चलेको स्थानीयहरुले बताउँछन् । भोजपुरी कलाकार पंडितले निकालेको माई रे हमरा उहे लडकी चाही, काथि दि रे नतिया,बल्ड प्रेसर,गन्ना के खेतमे, भोजपुरीया बाबू नेपाल के जस्ता थुप्रै गितहरु भोजपुरी जगतमा हिट भएको हो। भोजपुरी जगतमा लगभग ३० बर्ष देखि संगीतको दुनियाँमा आएका भोजपुरीया स्टार पंडित अहिले नेपाल तथा बिहारका जन्ताहरुको दिलमा छाएका छन्। भोजपुरी कलाकार पंडितले माई रे हमरा उहे लडकी चाहिँ गित निकाल्दा भोजपुरी जगतका अभिनेता पवन सिंह,चिन्टु पाण्डे तथा अभिनेत्री रानी चटरजीले डान्स गरेका थिए। यति मात्र होईन भोजपुरी जगतका सुपर स्टारहरु नेपालमा कुनै प्रोग्राम गर्दा आउनमा ढिलाइ हुँदा बिरगंजका भोजपुरी जगतका गायक सुनिल पंडितले नै मोर्चा सम्हाल्दा गायक पंडितको नाम निकै चर्चामा रहने गर्छन्। भोजपुरी जगतमा निकै पहिचान बनाएका गायक पंडित त्योबेला आर्थिक र समाजिक सपोर्टका कारण अगाडि बढ्न सकेनन्। गायक पंडित नेपाल तथा बिहारमा आफ्नो कलाको जल्वा हेराउँदा दर्शकहरु धेरै नै रमाउँने गर्छन्।

(Visited 12 times, 1 visits today)

HTML tutorial