मनकामनापोष्ट

Written by 11:02 am ताजा अपडेट, मधेस प्रदेश, समाज

देउवा र प्रचण्डबीच भेटवार्ता


काठमाडौं,फागुन १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई नेताबीच भेटवार्ता भएको बताए । उनले भेटवार्ता नियमित भएको बताउँदै थप विषय खुलाउन चाहेनन् ।

एमालेले सभामुखलाई महाभियोग लगाउनेसम्मका चेतावनी दिइरहेको बेला देउवा र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
आजै देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच पनि भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ ।

(Visited 2 times, 1 visits today)

HTML tutorial