मनकामनापोष्ट

Written by 3:42 pm अन्तर्राष्ट्रिय, ताजा अपडेट, राष्ट्रिय

रुसले ध्वस्त बनाएका हरेक घर, सडक र सहर पुनर्निर्माण गर्नेछौँ ः जेलेन्स्की


काठमाण्डौ,फागुन १९ गते । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युक्रेनको सार्वभौमसत्ता र नागरिकको देशप्रेमलाई कहिल्यै तोड्न नसक्ने बताउनुभएको छ ।

राजधानी किभमा रुसी आक्रमण बढिरहेका बेला मध्यराति भिडियो सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले आफ्नो देशका नागरिक मार्ने, स्कुल, सडक, पुल, भवनहरू भत्काउने र भौतिक संरचना ध्वस्त पार्ने काम गरे पनि युक्रेनको सार्वभौमसत्तालाई केही गर्न नसक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

आफ्नो देशलाई छिटै पुनर्निर्माण गर्ने पनि उहाँले वाचा गर्नुभएको छ । ‘रुसले ध्वस्त बनाएका हरेक घर, हरेक सडक र हरेक सहर हामीले पुनर्निर्माण गर्नेछौँ’, जेलेन्स्कीले भन्नुभएको छ ।

युक्रेनका नागरिको आत्मबल र प्रतिरोधका कारण रुसी सेना डगमगाइरहेको र छिटै पराजित हुने पनि उहाँले बताउनुभएको छ । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्ना सेना आफ्नै भूमिमा फर्काउन पनि फेरि आग्रह गर्नुभएको छ ।

यसैबीच युक्रेनका ठूला सहरमा रुसले आक्रमण जारी राख्दा अहिलेसम्म १० लाख जना मानिसले युक्रेन छोडेका छन् ।

(Visited 3 times, 1 visits today)

HTML tutorial