मनकामनापोष्ट

Written by 8:52 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

महोत्तरीका चार भट्टीपसलमा प्रहरी छापा, मदिरा नष्ट


महोत्तरी,फागुन २० गते । प्रहरीले बिहीबार राति महोत्तरीका चार भट्टी पसलमा छापा हानेर घरेलु मदिरा जफत गरी नष्ट गरेको छ । भट्टी पसलमा अवैध रुपमा मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा बल्वा नगरपालिकास्थित प्रहरी टोलीले झण्डै ६५० लिटर कच्चा पदार्थ र एक सय लिटर मदिरा नष्ट गरेको हो ।

विनोद साह, अरुण चौधरी, श्याम महतो र दिलीप साहले सञ्चालन गरेको भट्टी पसलबाट मदिरा र कच्चा पदार्थ जफत गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।चारै जना भट्टी पसल संचालकलाई अ्बदेखि मदिरा उत्पादन नगर्ने सर्तमा स्थानीय जनप्रतिनिधि र स्थानीयको रोहबरमा छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

(Visited 2 times, 1 visits today)

HTML tutorial