मनकामनापोष्ट

Written by 9:12 am ताजा अपडेट, बागमती प्रदेश, राष्ट्रिय

ट्याक्टरको ठक्करबाट प्रहरी नायब निरीक्षक पौडेलको मृत्यु


चितवन,फागुन २० गते । चितवनको भरतपुर महानगरपालिका–६, जयनेपालचोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४, राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायब निरीक्षक अर्जुन पौडेलको मृत्यु भएको हो । पौडेलको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

गए राति करिब ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना४त ८८२९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको ना१६प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गीतानगरले नियन्त्रणमा लिएको छ ।

(Visited 14 times, 1 visits today)

HTML tutorial