मनकामनापोष्ट

Written by 9:32 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

सप्तरीमा गोशाला आगलागि हुदा लाखौंको क्षति



शुभ नारायण यादव
सप्तरी,फाल्गुन २० गते ।
सप्तरीको रुपनि गाउपालिका वडा न.१ मा अवस्थित पण्डित राम कुमार शास्त्री गौ सेवा आश्रम शास्त्रीनगरमा आगलागि हुदा लाखौंको क्षति भएको छ । गो शालामा कोहि नभएको बेला गएराति अचानक आगलागि हुदा झन्डै १० लाख भन्दा बढीको क्षति भएको हो । आगलागिबाट गो शालाको एउटा भवन पुर्ण रुपमा क्षति भएको तथा कुनै किसिमको मानविय तथा पशु चोपायामा समेत कुनै क्षति नभएको पण्डित शास्त्रिले जानकारी दिनुभयो । यता आगलागि कसले र किन गरेको खुल्न नसकेपनि सो बिषयमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता पण्डित शास्त्रि आफु धार्मिक कार्यक्रममा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका स्थित इनर्वामा राति रहेको बेला मोका छोपि आगजनि गरेको हुन सकिने अनुमान गरिए पनि आगलागि कसले गरेको खुल्न सकेको छेन । उक्त गो शालामा झन्डै एक दर्जन गाइ पालन गरिएको छ ।

(Visited 3 times, 1 visits today)

HTML tutorial