मनकामनापोष्ट

Written by 8:12 am ताजा अपडेट, राष्ट्रिय, समाज

केन्द्रीय कमिटी विस्तार फलामको चिउराजस्तै भयो ः प्रचण्ड


काठमाडौं,फागुन २३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनपछि केन्द्रीय कमिटी विस्तार फलामको चिउरा जस्तै भएको बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले विधानअनुसार समानुपातिक, समावेशी क्लस्टर मिलाउनुपर्दा केन्द्रीय कमिटी बनाउन फलामको चिउराजस्तै भएको बताएका हुन् ।

‘केन्द्रीय समिति चयन फलामको चिउरा जस्तै भयो । सिनियर छुट्ने, जुनियर आउने देखियो’, अध्यक्ष प्रचण्डले बैठकमा यसअघि २४७ सदस्यीय केन्द्रीय समिति आयोगमा बुझाए पनि बाँकी संख्या चयन गर्न कठिन भएको हो । त्यसक्रममा उनले २९९ र मनोनित गर्ने ४५ जना गरी ३४४ जनाको केन्द्रीय कमिटी बनाउन समस्या भएको बताए ।

(Visited 7 times, 1 visits today)

HTML tutorial